Like us!
Follow us!
Connect us!
Watch us!

‘लकडाउन’ काे समयमा चोरी

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, १९ : २३ मा प्रकाशित

‘लकडाउन’ काे समयमा चोरी

अर्थ संसार, काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौका छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको चोरी भएको छ ।

नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार मध्येराति लाखौँ रुपैयाँ बराबरको सरसमान चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएकाले नेपालमा संक्रमण हुन नदिन लकडाउन गरिएका बेला नगरपालिका वडा नम्बर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयका ताल्चा फुटाएर चोरी भएको हो ।

त्यसैगरी, कार्यालयहरुबाट राजश्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पङ्खा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी गरेको वडा अध्यक्ष यादवले बताएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको