Like us!
Follow us!
Connect us!
Watch us!

ग्यास छैन ? ढुक्क भएर इन्डक्सन चलाउनुस्, बिजुली पर्याप्त छ : कुलमान घिसिङ

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, १४ : ५५ मा प्रकाशित

ग्यास छैन ? ढुक्क भएर इन्डक्सन चलाउनुस्, बिजुली पर्याप्त छ : कुलमान घिसिङ

अर्थ संसार, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युतकाे माग (लोड) पनि ह्वातै घटेको छ ।

बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतकाे माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युतकाे प्रयोग भइरहेकाले अहिले विद्युतकाे लोड घटेको हो । 

विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो ।

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम् माग (पिक डिमान्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमान्ड साँझ ७ बजे रेकर्ड गरिएको हो ।

मंगलबार राति विद्युतको माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युतको माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युतको अधिकतम् माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युतको माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युतको माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युतको लोड हृवातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए ।

विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युतको परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङकाअनुसार, अहिले ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । उनले राति विद्युतको लोड घटेकाले प्राधिकरणका विद्युतगृह बन्द गर्नु पर्ने अवस्था रहेको बताए ।

प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित विद्युतबाट आपूर्ति गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको