Like us!
Follow us!
Connect us!
Watch us!

सीएनआईद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १७ : ३९ मा प्रकाशित

सीएनआईद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग परिसंघले  नोवल कोरोना भाइरस संक्रमण (Covid-19 PANDEMIC) प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सकृयता बढाएको छ ।

यसैगरी, परिसंघका अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमण (Covid-19 PANDEMIC) को उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण (Personal Protective Equipment- PPE) हस्तान्तरण गरेका छन् ।

त्यस्तै, हाल परिसंघसँग उपलब्ध रहेको सामान उपलब्ध गराईएको र निकट भविष्यमै अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने उनले जानकारी गराएका छन् । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र  हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले सो उपकरणहरु हस्तान्तरण गरेको समेत बताएका छन् ।

यसअघि सरकारले स्वास्थ्य उपकरण जुटाउने कार्य चुनौतीपूर्ण रहेकाले आवश्यक सहयोग गर्न आह्वान गरेको थियो । हस्तान्तरणका अवसरमा परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल पनि सहभागी भएका थिए ।

त्यसैगरी, यसअघि परिसंघले स्वास्थ्य संकटको यो घडीमा आ-आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत सबैसँग विशेष अनुरोध गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको