Like us!
Follow us!
Connect us!
Watch us!

‘लकडाउन’ काे अवस्थामा बीमा समितिकाे विशेष व्यवस्था

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १३ : १४ मा प्रकाशित

‘लकडाउन’ काे अवस्थामा बीमा समितिकाे विशेष व्यवस्था

अर्थ संसार, काठमाडौं - बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।

समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सचूना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क सङ्कलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

यसैगरी, जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ ।

त्यसैगरी, बीमाको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको वर्तमान अवस्थामा सो अवधिका लाागि उक्त व्यवस्था गरिएको इजाजतपत्र प्राप्त सबै बीमा कम्पनी, बिमित, एवं सर्वसाधारणलाई एक सूचनामार्फत जानकारी गराएका हुन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको