Like us!
Follow us!
Connect us!
Watch us!

युट्‍युवले शुक्रबारबाट आफ्नो स्ट्रिमिङ् क्‍वालिटी घटाउने

भुबी पनेरू

शुक्रबार, ०७ चैत्र २०७६, १५ : २५ मा प्रकाशित

युट्‍युवले शुक्रबारबाट आफ्नो स्ट्रिमिङ् क्‍वालिटी घटाउने

अर्थ संसार, काठमाडौं - सामजिक संजाल युट्‍युवले शुक्रबाट आफ्नो स्ट्रिमिङ् क्‍वालिटी घटाउने भएकाे छ । युट्‍युवले युरोपियन युनियन र संयुक्त अधिराज्यमा इन्टरनेटलाई तीव्रता दिन स्ट्रिमिङ क्‍वालिटी घटाउने बताएको हो । 

नोभेल कोरोना भाइरसका कारण हजारौं मानिसहरुले घरबाटै काम गर्न थालेपछि इन्टरनेटको गति कमजोर भइरहेकोले युट्युवले आफ्नो  स्ट्रिमिङ क्‍वालिटी घटाउने बताएकाे छ । गुगलद्वारा सञ्‍चालित भिडियो प्लेटफर्मले ईयू र बेलायतमा ३० तीनका लागि उक्त सावधानी अपनाइएको जनाएको छ । यस निर्णयको समीक्षा हुन बाँकी रहेको गुगलका प्रवक्ताले जानकारी  गराए । 


गुगुलका प्रवक्ताले भने," हामी ईयू र बेलयातका सरकारका प्रतिनिध  सँग छलफल गरिरहेका छौं । इन्टरनेट प्रणालीलाई तीव्र बनाउन र उपभोक्तालाई राम्रो इन्टरनेट सुविधा उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ"। 

ईयूका आन्तरिक बजार आयुक्त थिरी ब्रेटोनले स्टिमिङ प्लेटपर्महरुलाई भिडियोको क्‍वालिटी घटाउन आग्रह गरेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको