Like us!
Follow us!
Connect us!
Watch us!

संसारका सवैभन्दा बढी तलव खाने सिंगापुरका प्रधानमन्त्री, सवैभन्दा कम चीनका राष्ट्रपतिको

विहीबार, २० असोज २०७३, १५ : ४४ मा प्रकाशित

संसारका सवैभन्दा बढी तलव खाने सिंगापुरका प्रधानमन्त्री, सवैभन्दा कम चीनका राष्ट्रपतिको


अर्थ संसार
काठमाडौं– संसारमा सवैभन्दा बढी तलव खाने राष्ट्रपति को होलान् ? यसको उत्तर जो कोहीसँग नहुन सक्छ । सवैभन्दा बढी तलव सिगापुरका प्रधानमन्त्री खाने गरेको पाइएको छ ।सिंगापुरका ली सेन लुङ्गको तलब विश्वभरका राष्ट्र प्रमुखमध्ये सबैभन्दा बढी छ ।

प्रधानमन्त्री लुङ्गको तलव वार्षिक १७ लाख अमेरिकी डलर अर्थात् नेपाली १८ करोड २ लाख बराबरको रहेको छ । उक्त तलव सिंगापुरका जनताको औसत आयभन्दा प्रधानमन्त्रीको तलव ३० गुणा बढी हो । तलबबारे निकै दुखेसो आएपछि प्रधानमन्त्रीले आफ्नो तलबमा २८ प्रतिशत कटौती गरेका थिए । नभए योभन्दा अघि उनको तलब करिब २३ करोड रुपैयाँ थियो । कटौतीपछि पनि उनी सबैभन्दा बढी तलव लिने राष्ट्र प्रमुख हुन् ।

त्यस्तै अमेरीकी राष्ट्रपति बाराक ओबामाको बार्षिक तलव करिब ४ करोड २४ लाख रहेको छ । त्यस्तै तेस्रो बढी तलब पाउनेमा आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सक रहेका छन् । उनको तलव वार्षिक तलव करिब ३ करोड ५२ लाख रुपैयाँ बराबर रहेको छ ।

त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको बार्षिक ३ करोड ४ लाख रुपैयाँ रहेको छ भने न्युजिल्याण्डका प्रधानमन्त्री जोन कीको वार्षिक तलव ३ करोड ४ लाख रहेको छ । इटालीका राष्ट्रपति जर्जियो नेपोलितानोले बार्षिक २ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

उता जर्मन चान्सलर एन्जेला मार्केलले वार्षिक २ करोड ४८ लाख रुपैयाँ तलव खान्छिन् । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होलान्दे २ करोड १४ लाख, वेलायतका प्रधानमन्त्री थेरेसा मे १ करोड ९२लाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३ करोड २ लाख बार्षिक तलव लिने गरेका छन् ।

त्यस्तै सवैभन्दा कम तलव चीनका राष्ट्रपति सी जिनपिङले लिने गरेका छन् । उनको बार्षिक तलव २२ लाख रुपैयाँ बराबर मात्रै रहेको चिनियाँ समाचार संस्था (सिन्ह्वा) ले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको