Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाकाे निःशुल्क खोल्न मिल्ने तलब बचत खातामा फाइदै फाइदा

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १७ : २६ मा प्रकाशित

एनआईसी एशियाकाे निःशुल्क खोल्न मिल्ने तलब बचत खातामा फाइदै फाइदा

अर्थ संसार, काठमाडौं -न्यु सुपर चमत्कारिक तलब बचत खातामा उपभोक्ताले पत्याउनै नसक्ने फाइदा पाउने एनआईसी एशिया बैंककाे दाबि छ । बैंकका अनुसार ग्राहकले तलब खाताबाट न्यून ब्याजबाहेक थप फाइदा पनि महसुस गर्ने  छ ।

एनआईसी एशियामा निःशुल्क खोल्न मिल्ने तलब बचत खातामा अन्य बचत खातामा जस्तै ६ दशमलव ५ प्रतिशत ब्याज दिएको छ । बैंकले ग्राहकको फाइदाको लागि ब्याज बाहेक अन्य फाइदा पनि उपलब्ध गराउँदै आएको  छ ।

यो खातामा अतरिक्त सेवा प्रयोगमा शूल्क लाग्दैन । इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङसँगै डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, एबीबीएस निःशुल्क छ । जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा शूल्क लाग्दैन ।

यसका अतिरिक्त तबल बचत खाता भएका कर्मचारीको लागि बैंकले बीमा पनि दिएको छ । जसअनुसार ग्राहकको दुर्घटनामा परि मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएमा दुर्घटना बीमा वापत संरक्षण खातावालाले १० लाख रुपैयाँसम्म पाउँछन् । त्यस्तै, १८ घातक रोग लागेमा ५ लाख रुपैयाँसम्म बीमा स्वरुप प्राप्त गर्न सक्नेछन् । 

त्यसै गरी बैंकले न्यू सुपर चमत्कारिक तलब बचत खाता भएका कर्मचारीको लागि कर्जा फाइदा पनि दिएको छ । बैंकले न्यून ब्याजदरमा घर कर्जा तथा सवारी कर्जाको फाइदा पनि दिएको छ । ग्राहकले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँ वा २५ महिनाको तलब मध्ये जुन कम हुन्छ सोही रकम बराबरको बिना धितो व्याक्तिगत कर्जा पनि लिन सक्नेछन् । साथै, २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड तथा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जाको समेत व्यवस्था गरेकाे छ ।

 बैंकले ३ महिनाको अग्रीम तलव फाइदा वर्षमा एक पटक उपलब्ध गराएको छ । र अन्य विविध फाइदा रहेकाे  बैंकका दाबि ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको