Like us!
Follow us!
Connect us!
Watch us!

अब मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

निशा हुमाँगाई

विहीबार, ०६ चैत्र २०७६, १२ : ५२ मा प्रकाशित

अब मेगा बैंकका ग्राहकलाई घरमै नर्सिङ सेवा

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । 

मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायव महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका निर्देशक साईरा श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेमा शुलभ हेल्थ होमले घरमै नर्सिङ सेवा दिने र स्वास्थ्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

शुलभ हेल्थ होमले बृद्धबद्धा र बिरामीलाई घरघरमै स्वास्थ्य तथा नर्सिङ्ग सेवा प्रदान गर्दै आएको छ । "बैंक अफ दि इयर २०१९" बाट सम्मानित भइसकेको मेगा बैंकले ग्राहकहरूलाई स्तरीय स्वास्थ्य सेवा र छुट दिने उद्देश्यले विभिन्न अस्पताल तथा स्वास्थ संस्थासँग सम्झौता गरिसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको