Like us!
Follow us!
Connect us!
Watch us!
दुई अर्ब बढीको आवेदन

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ओइरिए लगानीकर्ता

विहीबार, ०३ चैत्र २०७३, १२ : १९ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा ओइरिए लगानीकर्ता

अर्थ संसार 

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । बैंकले मंगलबारदेखि निष्कासन गरेको एफपिओमा आज बुधबारसम्म करिब दुई अर्ब बढीको आवेदन परेको छ ।

एफपिओ खुलेको पहिलो दिन मंगलबार मात्रै रु  १ अर्ब ५ करोड बराबरको आवेदन परेको थियो ।

एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेका अनुसार करिब २० हजार लगानीकर्ताले दुई अर्ब बढीको माग आवेदन गरेका छन् ।

आस्वा प्रणालीमा गएका ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये २८ वटा बैंकले मात्रै जानकारी दिएकाले यकिन तथ्यांक आइनसकेको उनले बताए ।

बैंकले निष्काशन गरेको एफपिओमा चैत ४ गतेसम्म लगानी गर्न पाइनेछ । बैंकले प्रतिकित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्कासन गरेको हो ।
सो एफपिओमा कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको