Like us!
Follow us!
Connect us!
Watch us!

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

अर्थ संसार

बुधबार, ०५ चैत्र २०७६, ०७ : ३९ मा प्रकाशित

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

अर्थ संसार, काठमाडौं-नेपाल प्रहरीले छ किलो १५० ग्राम  चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
 
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको