Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विशेष छुट

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १८ : ०० मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विशेष छुट

अर्थ संसार, काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक हरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी (MOU) भएको छ ।

यो योजना एक वर्षको लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा रिसोर्टको तर्फबाट रूम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन् ।

यसैगरी, उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । साथै, यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगर,  ग्राहक महानुभावहरूले बैंकसँग आवद्ध भएका देशभरका २ हजार ४ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

त्यसैगरी, करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको