Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकद्वारा महिला उद्यमीलाई प्रशिक्षण

निशा हुमाँगाई

मंगलबार, ०४ चैत्र २०७६, १६ : ०२ मा प्रकाशित

मेगा बैंकद्वारा महिला उद्यमीलाई प्रशिक्षण

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा व्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । 

साना तथा मझौला उद्यमी महासंघसँग आवद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा व्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरूलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए । 

यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरूले निकै चासो लिएका थिए । महिला उद्यमीहरूलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत व्याज अनुदानको व्यवस्था गरिएको छ । यसैगरी, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरू यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको