Like us!
Follow us!
Connect us!
Watch us!

स्याउ किसानले पाए क्षतिपूर्ति

मंगलबार, ०४ चैत्र २०७६, १५ : ५६ मा प्रकाशित

स्याउ किसानले पाए क्षतिपूर्ति

अर्थ संसार, काठमाण्डौं - कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।

त्यसैगरी, तिला गुफाका किसानले रु एक हजारदेखि रु ५० हजारसम्म क्षतिपूर्ति पाएका छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको इन्चार्ज पाण्डेले बताए । त्यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । 

त्यस्तै, कालीकोटमा वर्षेनी खडेरी र असिनापर्ने भएको क्षतिपूर्ति पाइराखेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको पाण्डेले बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको