Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाको १ करोड ६० लाख कित्ता IPO मंगलबारदेखि निष्कासन

अर्थ संसार

सोमबार, ०३ चैत्र २०७६, १७ : ४४ मा प्रकाशित

नेपाल पुनर्बीमाको १ करोड ६० लाख कित्ता IPO मंगलबारदेखि निष्कासन

अर्थ संसार, काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ गतेदेखि  आर्थत मंगलबारदेखि १ करोड ६० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन हुँदैछ ।

यसैगरी, कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

त्यसैगरी, प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त साधारण न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 कमाउने भनेको दृर्घकालिन लगानीकर्ताले नै हो, शेयर आत्तिएर नबेच्नुहोस -कृष्ण दत्त मिश्र- शेयर विश्लेषक (भिडियो अन्तरवार्ता)

उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको कम्पनीले जनाएको छ । साधारण शेयरमा छिटोमा चैत्र ७ गतेसम्म र ढिलोमा चैत्र १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीले निष्कासन गर्न लागेको उक्त साधारण शेयरलाई इक्रा नेपालले ुग्रेड २ु रेटिङ प्रदान गरेको छ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

5e6f6ad5308f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको