Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाका खेलाडी म्याक्सवेल भारतीय मूलकी प्रेमिका संग विवाह गर्दै

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १५ : ५८ मा प्रकाशित

अष्ट्रेलियाका खेलाडी म्याक्सवेल भारतीय मूलकी प्रेमिका संग विवाह गर्दै

अर्थ संसार, काठमाडौं-अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान तथा अलराउन्डर ग्लेन म्याक्सवेलले विवाह गर्दैछन् । म्याक्सवेलले भारतीय मूलकी प्रेमिका भिनी रमनसँग विवाह गर्दैछन् ।


म्याक्सवेल र रमनबीच इन्गेजमेन्ट  पनि भएको छ । दुबैजनाबीच अघिल्लो महिना भारतीय रीति-रिवाज अनुसार क्रिश्चियन परम्परामा इन्गेजमेन्ट भएको थियो ।

भिनीले भारतीय परम्परा अनुसार म्याक्सवेलसँग इन्गेजमेन्टको फोटो इन्टाग्राममा शेयर गरेकी छन् । उक्त फोटोमा म्याक्सवेलले कुर्ता पैजामा लगाएको र भिनीले कालो रङ्गको लहंगा लगाएको देख्न सकिन्छ ।

‘हिजो राति मैले भारतीय रीति-रिवाज अनुसार ग्लेन म्याक्सवेलसँग इन्गेजमेन्ट गरेँ’, भिनीले लेखेकी छन्, ‘र विवाह कसरी हुन्छ भनेर म्याक्सवेललाई बताए ।’

म्याक्सवेल र भिनीबीच केही समयदेखि डेटिङ भइरहेको थियो ।अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी भिनी फार्मासिस्ट हुन् । दुबैजनाले फेब्रुअरीमा आफूहरू सम्बन्धमा रहेको बताएका थिए । त्यतिबेला म्याक्सवेलले आफूहरूबीच सगाइ भएको र केही समयमा नै विवाह बन्धनमा बाँधिने बताएका थिए ।

 यसअघि अष्ट्रेलियाका बलर शन टेटले भारतीय मूलकी माशूम सिंघासँग विहे गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको