Like us!
Follow us!
Connect us!
Watch us!

म्यान अफ दि वर्ल्ड नेपाल २०२०काे उपाधि राजेन्द्र रावलले जिते

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १५ : ४५ मा प्रकाशित

म्यान अफ दि वर्ल्ड नेपाल २०२०काे उपाधि राजेन्द्र रावलले जिते

अर्थ संसार, काठमाडौं –अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ दि वर्ल्ड नेपाल २०२०’ को उपाधि राजेन्द्र रावलले जितेका छन्।

प्रतियोगितामा रजित प्रधानले पहिलाे रनअरअप र आयुष शाहीले दाेस्राे रनअरअपको उपाधि हात पारेका छन्। युएनएई र गुड्स अफ ह्याबनको आयोजनमा सम्पन्न प्रतियोगितामा विजेता रावलले फिलिपिन्समा हुने ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेका छन् भने सँगै अन्य पुरस्कार हात पारेका छन्।

रावलले अब फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगितामा विश्वका प्रतियोगीसँग प्रतिस्पर्धा गर्ने माैका पाउने छन्।

यसअघि नेपालमा गत मङ्सिर २९ गते सोल्टी होटलमा सम्पन्न कार्यक्रमबाट अस्ट्रेलियामा बस्ने नेपालीहरूसँग प्रतिस्पर्धाका लागि उत्कृष्ट तीन जना छनोट परेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको