Like us!
Follow us!
Connect us!
Watch us!

दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा  कारण बाढी पहिरो

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १६ : ५३ मा प्रकाशित

दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा  कारण बाढी पहिरो

अर्थ संसार, काठमाडौं–भारतका विभिन्न स्थानमा भीषण वर्षाको कारण बाढी पहिरो गएको छ ।

उत्तरी भेगका विभिन्न स्थानमा पहिरो गएको छ । भारतीय प्रशासित कश्मीरमा पहिरोका कारण मुख्य सडक नै अवरुद्ध बनेको छ भने रामनगर र उद्यमपुर जोड्ने कश्मीरको मुख्य सडक नै पहिरोले अवरुद्ध पारेको छ ।

सडकखण्डमा भासिनुका साथै केही ठाउँमा चट्टान र पहिरो खसेर अवरुद्ध भएको हो । जसले गर्दा जम्मु–श्रीनगर हाइवे शनिबारदेखि अवरुद्ध बनेको छ । जसकारण सवारी साधन चल्न नसक्दा स्थानीयहरु पैदल हिँड्न बाध्य भएका छन् ।

हिमान्चलका सिम्ला लगायत स्थानमा पनि पहिरोले जनजीवन कष्टकर बनेको छ । भारत बाढी पहिरोको अत्याधिक क्षति भइरहने देशमध्ये एक हो । हरेक वर्ष एक अर्ब भन्दा धेरै मानिस बाढी पहिरोको जोखिममा पर्ने गर्छन् । शनिबार दिल्ली लगायत विभिन्न स्थानमा भीषण वर्षा भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको