Like us!
Follow us!
Connect us!
Watch us!

किन गरे पल शाह र आँचल शर्माले एक अर्कालाई इन्स्टामा अनफलो ?

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १५ : १० मा प्रकाशित

किन गरे पल शाह र आँचल शर्माले एक अर्कालाई इन्स्टामा अनफलो ?

अर्थ संसार, काठमाडौं- ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भेट भएका पल शाह र आँचल शर्माकाे  प्रेमकाे चर्चा लामाे समय चलिरह्यो । यो जोडीलाई दर्शकले निकै रुचाए । म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने साेचे जस्ताे व्यापार गर्न सकेन ।
फिल्म जगतमा चर्चा चलिरह्यो, पल र आँचल प्रेमकाे बारे । फ्यानहरू पनि यही भ्रममा थिए । तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन् ।

सामाजिक सञ्जालमा इन्स्टाग्राममा पलले आँचलाइ फलो गरेका थिए । आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए । रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए । तीमध्ये एक थिइन् आँचल शर्मा ।

 फागुन २९ बिहीबार  आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग धुमधामका साथ बिहे गरीन् । 

यता इन्स्टाग्राममा भने पलले आँचललाई अनफलो गरेका छन् । पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन् ।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् । जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन् ।

केहि समय यता आँचल शर्मा र पल शाहले एकसाथ काम पनि गरेकाे देखिदैन। किन एकले अर्कालाई अनफलो गर्न बाध्य भए, त्यो  कुरा समयले स्पषट पार्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको