Like us!
Follow us!
Connect us!
Watch us!

काेरोना भाइरसको प्रभावः नेपालकाे सर्बच्चाे सगरमाथा आरोहण बन्द गरीयाे

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १३ : २७ मा प्रकाशित

काेरोना भाइरसको प्रभावः नेपालकाे सर्बच्चाे सगरमाथा आरोहण बन्द गरीयाे

अर्थ संसार, काठमाडौं- नेपालकाे सर्बच्चाे सगरमाथा आरोहण बन्द गरीको छ । कोरोना भाइरसको संक्रमण बढीरहेको भन्दै नेपालले सगरमाथा आरोहण बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले निर्णय गरेकाे हाे,‘ ’सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको हाे ।’

सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ ।

त्यस्तै मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय  गरेको हाे ।

चीनले भने यसअघि नै चिनबाटा हुँदै सगरमाथा आरोहण बन्द गरीसकेकाे थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको