Like us!
Follow us!
Connect us!
Watch us!

नजायज सम्बन्ध बिग्रेपछि भाउजूद्वारा देवरको हत्या

बुधबार, ०२ चैत्र २०७३, १२ : ०४ मा प्रकाशित

नजायज सम्बन्ध बिग्रेपछि भाउजूद्वारा देवरको हत्या

अर्थ संसार 

बागलुङ– बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ ।

‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । 

स्टान्डर्ड चाटर्ड बैंकको एफपीओ भर्नु भयो त ? यहाँबाट भर्न सकिन्छ 

आजको पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताको सुचना (विज्ञापनसहित) 

गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो । 

“झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो । 

शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । 

रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको