Like us!
Follow us!
Connect us!
Watch us!

मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १० : ३७ मा प्रकाशित

मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

अर्थ संसार, काठमाण्डौ – पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोजल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना  रहेको पनि महाशाखाले जनाएको छ । शुक्रबार राति पनि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँ र पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । 

त्यस्तै, शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । 

त्यसैगरी, शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने जल तथा मौसम पूर्वानुमान् हाशाखाले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको