Like us!
Follow us!
Connect us!
Watch us!

स्टान्डर्ड चाटर्ड बैंकको एफपीओ भर्नु भयो त ? यहाँबाट भर्न सकिन्छ

बुधबार, ०२ चैत्र २०७३, १० : २३ मा प्रकाशित

स्टान्डर्ड चाटर्ड बैंकको एफपीओ भर्नु भयो त ? यहाँबाट भर्न सकिन्छ

अर्थ संसार 
काठमाडौं– काठमाडौं– स्टान्डर्ड चार्टर्ड बैंकले  एफपिओ मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले प्रतिकित्ता मूल्य एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर एफपीओ जारी गर्न लागेको हो ।

बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर प्रतिकित्ता १ हजार २ सय ९० रुपैयाँका दरको जारी गर्नेछ ।

बिक्री प्रबन्धक एनएमवि क्यापिटल 
एफपीओको विक्री प्रबन्धकमा एनएमवि क्यापिटल रहेको छ । बैंकले चैत १ गतेदेखि ४ सम्म उक्त एफपीओ विक्री खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार ५ सय ८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।नेपाल राष्ट्र बैंकको निर्देशनसँगै चुक्ता पूँजी बृद्धिको लागि बैंकले एफपीओ जारी गर्न लागेको हो ।

एफपीओ जारीसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख १५ हजाररुपैयाँ हुनेछ । त्यसलगत्तै बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

सेयर भर्ने स्थान

58c8c57bd68d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको