Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “एम्.डी.आर.टी” कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १३ : ०० मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “एम्.डी.आर.टी” कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं –  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा “एम्.डी.आर.टी (Million Dollar Round Table)” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरू माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरूको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालज्यूले “एम्.डी.आर.टी” के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरूको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरूलाइ प्रेरित गराएका छन् । यसका साथै, उनले “एम्.डी.आर.टी” को लागि योग्य हुन आवश्यक कुराहरूमा जोड दिए । सोहि कार्यक्रममा “एम्.डी.आर.टी”मा सहभागी हुन आवश्यक मापदण्ड पुगेकासफल सिटिजन लिडरहरूलाई तथा “एम्.डी.आर.टी” को लक्ष्य लिएका सिटिजन लिडरहरूलाई सम्मान पनि गरिएको थियो । 

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै “एम्.डी.आर.टी” जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताएका छन् । उनले आगामी दिनहरूमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरेका छन् ।


  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको