Like us!
Follow us!
Connect us!
Watch us!

रु ४० लाख ५० हजारको रम्भादेवी छात्रवृत्ति

आइतबार, २५ फागुन २०७६, १४ : ४९ मा प्रकाशित

रु ४० लाख ५० हजारको रम्भादेवी छात्रवृत्ति

अर्थ संसार, काठमाण्डौं – मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्वारा स्थापित रु ४० लाख ५० हजार राशिको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा पाल्पाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत ८९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले जिल्लामा प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र मातृसेवा प्रतिठानका अध्यक्ष हरिप्रसाद पाण्डेले संयुक्तरुपमा विद्यार्थीलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको हो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडाकै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना थियो । 

त्यस्तै, निस्दी गाउँपालिकामा आठ, रामपुर नगरपालिकामा ११, पूर्वखोलामा छ, माथागढी गाउँपालिकामा आठ, रम्भा गाउँपालिकामा पाँच, तिनाउ गाउँपालिकामा पाँच, बगनासकाली गाउँपालिकामा १२, तानसेन नगरपालिकामा १७, रिब्दीकोट गाउँपालिकामा ११ र रैनादेवी छहरा गाउँपालिकामा आठ जनालाई छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, एक वडामा अधिकतमा रु ५० हजारसम्मको छात्रवृत्ति रकम प्रदान गरिएको थियो । रु ५० हजारभन्दा कम शुल्कमा पठनपाठन हुने विषयका विद्यार्थीले दुई जनासम्मलाई छात्रवृत्ति प्रदान गरिएको मातृसेवा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद पाण्डेयले बताउनुभयो । रम्भादेवी छात्रवृत्ति विदेशीको सहयोगविना र आफ्नै पारिवारिक सहयोगमा स्थापना गरिएको उहाँले बताउनुभयो ।  - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको