Like us!
Follow us!
Connect us!
Watch us!

तेश्रो वर्ष पुर भएको अवसरमा एनआईसी एशिया क्यापिटलको सेवामा विशेष छुट

अर्थ संसार

विहीबार, २२ फागुन २०७६, १७ : ३७ मा प्रकाशित

तेश्रो वर्ष पुर भएको अवसरमा एनआईसी एशिया क्यापिटलको सेवामा विशेष छुट

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेड मिति २०७६ सालफागुन २२ गते संचालनमाआएको तीनवर्ष पुरा  भएको छ ।

संचालनमा आएको छोटो समयमानैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिश पर्दा रहदा समेत एनआई सी एशिया क्यापिटल संचालनमाआएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुखउपलब्धीहरु :

  • मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified  क्यापिटल ।

  • निक्षेप सदस्यतर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता ।

  • लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवाप्रदान गर्दै आइरहेको ।

  • नेपालमै पहिलो पटक क्ष्एइ ३७ घन्टमा बाँडफाँट गर्न सफल।

  • सेवाग्राहीहरुलाई उत्कृष्ट सेवादिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको ।

  •  शेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको ।

  •  म्युचुअल फण्ड सेवाअन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवाप्रदान गरिरहेको ।

साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानीकोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।

साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष  छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमाहित ग्राहीखाता खोलि दिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राहीखाता खोली शेयर कारोवार गर्नुहुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गनु भएको इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा  लिइरहनु भएका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न चाहान्छौं । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राही मुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको