Like us!
Follow us!
Connect us!
Watch us!

यसपालिको होलीमा एनआईसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १५ : २७ मा प्रकाशित

यसपालिको होलीमा एनआईसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम  ५ हजार रूपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारू गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४ सय रूपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रूपैयाँसम्मको लाभ ग्राहक महानुभावहरूले लिरहेका छन् । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रूपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रूपमा अघि बढिरहेको छ । 

मोबाइल बैंकिङ्ग र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा एक सय रूपैयाँसम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा एक हजार रूपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रूपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजारसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार रूपैयाँ भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

साथै, यस बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही ५ सय रूपैयाँ तथा मासिक रूपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले जनही एक हजार रूपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् ।

यस बैंकले संचालन गरेका 'Swipe More, Save More', 'भाट भटेनी क्यास ब्याक अफर,’ ‘Valentine’s day अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहक महानुभावहरूको उत्साहजनक सहभागीता रहेको थियो । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको