Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! कम क्षतिका लागि मान्छे मार्न पाईन्छ ?

शुक्रबार, २७ फागुन २०७३, १६ : ५१ मा प्रकाशित

सरकार ! कम क्षतिका लागि मान्छे मार्न पाईन्छ ?

अर्थ संसार 
काठमाडौैं – गृहमन्त्री निधिले नेकपा (एमाले) को मेची–महाकाली अभियानलाई अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्ताको विरोध र उत्तेजित भीड नियन्त्रण गर्न र ठूलो क्षति हुन नदिन स्थानीय अधिकारीको अधिकार बमोजिम घुँडामाथि गोली हानिएकामा चारजनाको दुःखद् निधन हुन पुगेको बताए ।

 निधिले दुबैतर्फ क्षति नहोस् भनेर संयमता अपनाउँदा पनि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा कारबाही गरिएको जनाए । 

उनले संविधान कार्यान्वयन, संविधान संशोधन र निर्वाचनको चरणमा सरकार लागिरहेको भन्दै संशोधन विधेयक पेस गरिसकेको र आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचना राजपत्रमा प्रकाशन गरी कार्यान्वयन सुरु गरिएको अवस्थामा निर्वाचनको तयारीका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेका बताए । 

उनले जाजरकोटको बस दुर्घटनाका सम्बन्धमा पनि जानकारी दिँदै घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी विभिन्न स्थानमा उपचार र राहत वितरण कार्य अघि बढाइएको बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको