Like us!
Follow us!
Connect us!
Watch us!

सेवोनबाट ८ वटा कम्पनीको शेयर निष्काशनको स्वीकृती

अर्थ संसार

मंगलबार, १३ फागुन २०७६, १० : ५६ मा प्रकाशित

सेवोनबाट ८ वटा कम्पनीको शेयर निष्काशनको स्वीकृती

अर्थ संसार, काठमाडौं- नेपाल धितो पत्र बोर्डले ८ वटा कम्पनीलाई शेयर निश्कासनको लागि स्वीकृती दिएको छ । बोर्डका अनुसार प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, १० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२, शिखर इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, १०.२५ प्रतिशत सिटिजन्स बैंक २०७८, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्टडक्चर एण्ड डेभलपमेन्ट र अपि पावर कम्पनीलाई शेयर निश्कासन गर्न स्वीकृती दिएको हो ।

कुन कम्पनीले कति किता, धितोपत्र प्रकार

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी

धितो पत्र बोर्डले यस इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निश्कासनको लागि स्वीकृती दिइएको छ । कम्पनीले १०ः६ कित्ताको दरले हकप्रद शेयर निश्कासन गर्नेछ । कम्पनीले सेवोनमा ०७६भदौ २० गते निवेदन दिएकोमा ०७६ पुष २९ गते बोर्डबाट स्वीकृत गरेको थियो । यसको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल  लिमिटेड रहेको छ । निश्कासनको मिति तय भैनसकेको कम्पनीले जनाएको छ ।

१० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२

नबिल बैंकले १० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२ ऋणपत्र निश्कासनको लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बैंकले १० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२ मा २० लाख कित्ता ऋणपत्र निश्कासन गर्ने छ । ऋणपत्रको लागि बैंकले ०७६ साउन २८ गते सेवोनमा निवेदन दिएकोमा ७६ माघ ६ गते बोर्डबाट स्वीकृत पाएको थियो । यसको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रेको छ । ऋणपत्रको निश्कासनको मिति भने अझै टुङगो लागेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्सले धितोपत्र बोर्डबाट हकप्रश निश्कासनको लागि स्वीकृत पाएको छ । कम्पनीले १ः०३ कित्ताको दरले हकप्रद शेयर निश्कासन गर्नेछ । कम्पनीले हकप्रदको लागि ०७६ असोज २८ गते निवदेन दिएकोमा ०७६ माघ १४ गते बोर्डबाट स्वीकृत पाएको थियो । इक्राएनपी ग्रेड ३ प्लस रहेको छ । यसको विक्री प्रबन्धकमा भने एनआईविएल क्यापिटल लिमिटेड रहेको छ ।


गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेवोनबाट  १ः१ को अनुपातमा हकप्रश शेयर निश्कासनको स्वीकृती पाएको छ । कम्पनीले ०७६ भदौ २२ गते बोर्डमा निवेदन दिएकोमा ७६ माघ २१ गते स्वीकृती पाएको छ । यसको विक्री प्रबन्धकमा एनएबि क्यापिटल लिमिटेड रहेको छ ।

१०.२५ प्रतिशत सिटिजन्स बैंक २०८६

सिटिजन्स बैंक लिमिटेडले निश्कासन गर्न लागेको १०.२५ प्रतिशत सिटिजन्स बैंक २०८६ नामक  ऋणपत्र  सेवोनले स्वीकृत गरेको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको छ । बैंकको हाकिमहरुको लुटतन्त्रबाट थलिएको सिटिजन्स बैंकको ऋणपत्र बिक्नेमा बैंक आफैमा अलमलमा देखिन्छ ।  बैंकले ऋणपत्रको लागि ०७६ मंसिर १ गते निवेद दिएकोमा ७६ माघ २१ बोर्डबाट स्वीकृत पाएको थियो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीले सेवोनबाट साधारणस शेयर (आइपिओ) निश्कोका लागि स्वीकृती पाएको छ । कम्पनीले १ करोड ६० कित्ता शेयर आइपिओ निश्कासनको लागि बोर्डमा स्वीकृत पाएको हो । आइपिओ निश्कासनको लागि कम्पनीले ७६ भदौ २२ गते सेवोनमा निवेदन दिएकोमा ७६ फागुन ४ गते बोर्डले स्वीकृत गरेको थियो । इक्रा आइपीओ ग्रेड २ रहेको छ । बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ड बैंकिङ लिमिटेड रेहेका छ ।

एनआरएन इन्फ्रास्ट एण्ड डेभलपमेन्ट

यस बैंकले धितोपत्र बोर्डबाट ३३ लाख ९८ हजार ४३ कित्ता साधारण शेयर (आइपिओ)  निश्कासनको लागि स्वीकृत गरेको छ ।  बैंकले ७६ असार ३१ गते शेयर निश्कासनको लागि निवेदन दिएकोमा ७६ फागुन ४ गते स्वीकृत पाएको हो । विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले हक प्रद शेयर निश्कासनको  बोर्डबाट स्वीकृत पाएको छ । कम्पनीले १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिसमा कम्पनीलाई चरण/चरण गरि उक्त आयोजना निर्माणको लागि हक प्रदजारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको हो । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजि रु ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ ।

धमला हाँसेको हाँसै, नेता रामनारायण विडारी र डा. सुरेन्द्र केसीको चर्काचर्की ।।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको