Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा फाइदै फाइदा

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १३ : ४१ मा प्रकाशित

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा फाइदै फाइदा

अर्थ संसार, काठमाडौं - “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च व्याजको साथै २१ लाख रूपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितिय सुविधा साँच्चै चमत्कारिक छ । 

सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक व्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च  व्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ ।

यो मुद्धती खातामा ग्राहकहरूले उच्च व्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नेछन् । यस योजना अन्तर्गत खाता खोल्नुभएका ग्राहक महानुभावहरूले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन् ।

यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा रू १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूको लागि रू १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ ।

यसैगरी, औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरू वापत रू. २० हजार सम्मको भरपाई गर्नेछ ।

एन आई सी एशिया बैंकमा मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरूको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रू ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसकेका छन् । 

सामान्यतयाः यदि ग्राहकवर्गले रू. २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रूपैयाँ  बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरूप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब रू. १४ हजारको फाइदा पुग्नेछ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

त्यस्तै, करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको