Like us!
Follow us!
Connect us!
Watch us!

पचास लाखको सिमी निकासी

विहीबार, २६ फागुन २०७३, १४ : ५५ मा प्रकाशित

पचास लाखको सिमी निकासी

अर्थ संसार 

बाबियाचौर (म्याग्दी), – म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर रु ५० लाख गाउँमा भित्र्याएका छन् । 

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट रु ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बबताए । 

सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो रु २०० का दरले सिमी बिक्री भएको हो । सिमी बिक्री गरेर एकजना कृषकले रु २० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताए । 

बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । 

स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताए ।  सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पुर्याएका थिए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको