Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको उकालो यात्रामा कहिले हुन्छ ब्रेक ?

निशा हुमाँगाई

मंगलबार, ०६ फागुन २०७६, १४ : ५१ मा प्रकाशित

नेप्सेको उकालो यात्रामा कहिले हुन्छ ब्रेक ?

अर्थ संसार, काठमाडौं – केही दिन अघिदेखि निरन्तर उकालो लागेको शेयर बजारले आज (मंगलबार) पनि निरन्तरता दिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर बजार १.७७ अंकले बढेकाे छ ।

कुल १८१ वटा कम्पनीको ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपैयाँको कारोबार भएकाे छ । 

१३९८.२४ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर  १४००.०१ अंकमा आइपुगेको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सात उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर बढेको छ ।

मंगलबार बैंकिङ ७.५३ अंक,  व्यापार २.९५ अंक, विकास बैंक १४.५५ अंक, उत्पादन ३०.७५ अंक र सामूहिक लगानी कोष समूह ०.२ अंकले बढेकाे छ । 

त्यस्तै, हाेटल ३३.२६ अंक, जलविद्युत १७.६२ अंक, फाइनान्स ५.८५ अंक, निर्जिवन लाइफ ११.१५ अंक, अन्य २.३५ अंक, माइक्राेफाइनान्स १३.१ अंक र लाइफ इन्स्योरेन्स ४५.९३ अंकले घटेकाे छ । 

स्टकका अनुसार कारोबारका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल १० करोड ६५ लाख १५ हजार ६६२ रुपैयाँको कारोबार भएको छ ।

 

5e4bb5775907f.png 5e4bb57ce27a4.jpg 5e4bb580bb5de.jpg 5e4bb581aacca.jpg 5e4bb58618b00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको