Like us!
Follow us!
Connect us!
Watch us!

२२ वर्ष पछी प्रतिवादी पक्राउ

अर्थ संसार

सोमबार, ०५ फागुन २०७६, १८ : ०८ मा प्रकाशित

२२ वर्ष पछी प्रतिवादी पक्राउ

विवेक अर्याल

अर्थ संसार, धादिङ्ग – जिल्ला प्रहरी कार्यालय धादिङले २२ बर्षपछि प्रतिवादी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक गाउपालिका वडा नं.२ बस्ने ५२ बर्षिय राम बहादुर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।अर्याललाई पक्राउ गरेर धादिङ जिल्ला अदालत समक्ष पेश गरी कैद भुक्तानको लागी सोमवारैै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

अर्याललाई धादिङ जिल्ला अदालत धादिङले २०५४ मंसिर २० गतेको फैसलाले १ महिना १५ दिन कैद र र्२ हजार जरिवाना तोकेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको