Like us!
Follow us!
Connect us!
Watch us!

अदालतबाट महरालाई सफाइ, राष्ट्रिय झण्डा बाेकेर गरियाे स्वागत

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, १६ : ४५ मा प्रकाशित

अदालतबाट महरालाई सफाइ, राष्ट्रिय झण्डा बाेकेर गरियाे स्वागत

अर्थ संसार, काठमाडौं – जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई आज सफाइ दिएको हो ।

अदालतबाट सफाइ पाएलगत्तै महरा डिल्लीबजार कारागारबाट समेत रिहा भएका छन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको अभियोगमा महरामाथि मुद्दा लागेको थियो ।

त्यस्तै, महरा कारागारबाट बाहिरिने क्रममा उनका शुभचिन्तक र नेकपा कार्यकर्ताले राष्ट्रिय झण्डा बाेकेर फूलमालासहित उनकाे स्वागत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको