Like us!
Follow us!
Connect us!
Watch us!

मध्यरातमा स्थानियले समाते खसी चोर

अर्थ संसार

शनिबार, ०३ फागुन २०७६, ०९ : २५ मा प्रकाशित

मध्यरातमा स्थानियले समाते खसी चोर

विवेक अर्याल

अर्थ संसार,धादिङ- मध्यरातमा खसी चोरी गर्ने १ समुहलाई धादिङको सिद्धलेक गाँउपालिका स्थित् सलाबघाटवाट पक्राउ स्थानियले नियन्त्रणमा लिएका छन् ।

गएराती १ बजेको समयमा धादिङको सिद्धलेक गाँउपालिका वडा नं.४ स्थित् सलाबघाट ( सुविटार)का दिनेश त्रिपाठीको घरमा खसी चोर्दै गरेको थाहा पाएपछी स्थानियले खोजी गर्दा ३ जनाको समुह पक्राउ परेका हुन् ।

स्थानियको खोजीबाट भक्तपुर जिल्ला घर बताउने अन्दाजी २५ बर्षिय सचिन महर्जन, नवलपरासी जिल्ला घर बताउने अन्दाजी २५ बर्षिय कृष्ण नाम बताउने तथा अर्का भेडाँबारी गाँउ बताउने परिचय नखुलेको समेत गरी ३ जनालाई पक्राउ गरियको स्थानिय खसी धनी दिनेश त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार गत १५ दिन अघी देखी सिद्धलेक गाँउपालिका वडा नं.४ स्थित आरु
वासटार, दारिमटार, सलाबघाट, सुविटार, निबुवाटार, ग्यास्टार लगायतका स्थानवाट खसी, बोका, बाख्रा, मोवाईल, गरगहना तथा बिभिन्न किसिमका घरयासी सामाग्रीहरु चोरी हुने गरेको थियो ।

गत साता मात्र एकैदिन आरुवासटार स्थित् टंककुमारी सिलवालको घरवाट १ खसी,माझीगाँउवाट २ बाख्रा तथा ४ थान मोवाईल चोरी भएको थियो ।

पक्राउ पस्चात् स्थानियले सोधपुछ गर्दा उक्त ईलाकामा आफुहरुलेनै चोरी गर्ने गरेको समेत सोहि समुहले स्विकार गरेका छन् । पक्राउ पस्चात् स्थानियहरुले उक्त समुहलाई ईलाका प्रहरी कार्यालय गजुरीको जिम्मा लगायका छन् ।

यता ईलाका प्रहरी कार्यालय गजुरीले पनी चोरी गर्ने समुहलार्य स्थानियले पक्राउ गरी प्रहरीको जिम्मा लगायको पुष्टि गरेको छ । स्थानियले खसी चोरी गदैर्  गर्दा उक्त समुह भागेको भनने खवर आएपछि प्रहरी टोली घटनास्थल पुगेको र  प्रहरी पुग्दा उक्त समुह स्थानियको नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

पाण्डेका अनुसार उक्त समुहले आप्mनो नाम र ठेगाना बताएपनी ढाँटेको हुनसक्ने बताएका छन् । “यद्धपी हामी अनुसन्धान गर्दै छौँ उक्त समुहले हामीसंगको बयानमा पनी चोरी गरेको स्विकार गरेको छ, तर नाम भने फरक बताएको छ, अब पिडित ब्यक्तीहरुले जाहेरि दिनुपर्यो अनी हामी थप अनुसन्धान गर्छौँ ।” प्रहरी निरिक्षक पाण्डेले भने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको