Like us!
Follow us!
Connect us!
Watch us!

आलु बरामद

शुक्रबार, ०२ फागुन २०७६, १४ : ५६ मा प्रकाशित

आलु बरामद

अर्थ संसार, काठमाण्डौं- भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव रु पाँच लाख मुल्य बराबर दुई सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले आज बिहान पक्राउ गरेको छ। 

ना६त ६३४९, ना५त ९४२८, ना४त २५०४ र ना५त ८०८६ नंको ट्र्याक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए। उनले भारतबाट अवैधरुपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्र्याक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए। 

बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् । पक्राउ गरिएको आलु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको