Like us!
Follow us!
Connect us!
Watch us!

अशोक र मनोजसँगै रक्सी खाएको तलव छैन, खाली कसरी झगडा गरे भनेर कथा बनाएर लेखाए: मनोजबहादुर श्रेष्ठ-अध्यक्ष , हिमालयन बैंक (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०१ फागुन २०७६, १० : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं हिमालयन बैंकको उन्नतीमा डाह गर्नेले संचालक र व्यवस्थापनबीच झगडा भएको भन्दै गलत प्रचार गरेको हिमालय बैंकको अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताएका छन् ।

बुधबार सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभामा शेयरधनीले राखेको प्रश्नमाथि जवाफ यस्तो बताएका हुन् । साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने- 'बैंकको सिइओ अशोक राणा  र मनोजबहादुरसँगै रक्सी खाएको तलव छैन, खाली कसरी झगडा गरे भनेर कथा बनाएर लेखाए ।'  शेयरधनीलाई बाहिरी हल्लाको पछाडी नलाग्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

त्यसै गरी अध्यक्ष श्रेष्ठले शेयरधनीको जवाफ दिने क्रममा राष्ट्र बैंकलाई बैंकका संचालकहरुलाई विदेशमा तालिम जान समेत राकिदिनु हुन अनुरोध गरेका छन् । बरु विदेशी तालिम दिने व्यक्ति वा संस्थालाई नेपालमा बोलाएर सवै बैंकका संचालकलाई तालिम दिने व्यवस्था गरे बैंकको खर्च कम हुने अध्यक्ष श्रेष्ठले  बताए ।

हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको