Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंककाे नाफासँगै अधिकांश सूचकमा चमक

निशा हुमाँगाई

बुधबार, २९ माघ २०७६, ११ : ४२ मा प्रकाशित

मेगा बैंककाे नाफासँगै अधिकांश सूचकमा चमक

अर्थ संसार, काठमाडौं – मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २९.८० प्रतिशत धेरै हाे । गत वर्ष बैंकले ७३ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १३ करोड २५ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १९.७९ प्रतिशत धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ २९ पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ४.१६ रूपैयाँ धेरै हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा रहेकाे थियाे । 

त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ  १२७ रुपैयाँ २५ पैसा रहेकाे छ । उक्त नेटवर्थ गत वर्षकाे तुलनामा ४.९९ रूपैयाँ धेरै हाे । गत वर्ष यसै अवधिमा बैंककाे प्रतिशेयर आम्दानी १२२ रुपैयाँ २६ पैसा रहेकाे थियाे । 

यसैगरी, पुस मसान्तसम्ममा बैंकले सञ्चालन नाफा ३१.४८ प्रतिशतले बढाएर १ अर्ब  ३५ करोड ९७ लाख ६२ हजार रुपैयाँ पुर्याएकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e4393ef2ff67.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको