Like us!
Follow us!
Connect us!
Watch us!

रुद्राक्षबाट भोजपुरमा वर्षेनी ५० करोड रुपैँया भित्रिँदै

बुधबार, १९ असोज २०७३, १५ : ११ मा प्रकाशित

रुद्राक्षबाट भोजपुरमा वर्षेनी ५० करोड रुपैँया भित्रिँदै

अर्जुन बस्नेत
भोजपुर– रुद्राक्षको राजधानी भनेर चिनिने भोजपरमा हरेक वर्ष यसको कारोबारबाट ५० करोड रुपैँया भित्रिने गरेको छ । चिनिय रुद्राक्ष व्यापारी गाउँगाउमा पुगेर रुद्राक्ष किन्न थालेपछि उत्पादक किसानले घरैमा राम्रो मूल्य पाएका छन् । रुद्राक्ष किनवेचको समय भएकाले भोजपुरको षडानन्द नगरपलिका र संखुवासभाको खादबारीमा रहेका होटेल चिनियाँ ब्यापारीले भरिएका छन् ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दै आएको बनस्पति फल हो । गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ । रुद्राक्ष विगत बर्षहरुमा भारतीय बजारमा निर्यात हुदै आएको थियो । केही बर्ष यता चिनमा समेत रुद्राक्षको व्यापार राम्रो हुन थालेको छ । यसले रुद्राक्ष उत्पादक किसान र रुद्राक्ष कारोबार गर्ने नेपाली ब्यापारीले पनि राम्रो बजार भाउ पाउन थालेका छन् ।

गत बर्षको तुलनामा यसपाली भने रुद्राक्षको कारोबारमा केही गिरावट आएको छ । चिनीया व्यापारीहरु गाउँमै आउन थालेपछि किसान खुसी छन् । दिंलाबजारमा रुद्राक्ष ब्यापार गर्दै आएका हरि भित्रिकोटी विगत बर्षहरुमा भारतीय बजारमा मात्र रुद्राक्षको ब्यापार हुने गरेकामा केही बर्षयता चिनिया क्षेत्रमा राम्रो व्यापार हुन थालेका बताउँछन् । यसको बजार पछिल्लो समय अमेरीका, जापान, थाइल्यान्डका  अरु अन्तराष्ट्रिय बजारमा विस्तार हुँदै गएको उनले बताए ।

विशेषतः रुद्राक्ष धार्मिक, वैज्ञानिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । रुद्राक्षको महिमा धेरै छ । पौराणिक कथाअनुसार भगवान शिवले दैत्यासुरलाई नास गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्यमुखी आँखाबाट बगेका आँशुका थोपा निस्केर बिभिन्न ठाउमा छरिन गएको र छरिएका आँशुका थोपा वृक्षमा परिणत हुन गएको विश्वास गरिन्छ । त्यही बृक्षलाई रुद्राक्ष नामकरण गरिएको पौराणिक कथा पाईन्छ ।

नेपालमा भने भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले वि.सं.१९३२ सालभन्दा पहिले  दिंलामा रोपेको भन्ने भनाई छ । रुद्राक्ष धार्मिक रुपमै प्रयोग गरिन्छ । एक मुखेदेखि २१ मुखेसम्मका रुद्राक्षबारे महापुराणमा बर्णन गरिएको दिंलाबजारका तोयानाथ गौतमले जानकारी दिए । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पाइएको छ । कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यसलाई सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ ।

पश्चिम नेपालको कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा धनकुटा र खोटाङ्गलगायत जिल्लाहरुमा रुद्राक्षको खेती बढी पाइन्छ । नेपाललगायत भारत, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा समेत यसका प्रशस्तै बृक्ष पाइन्छन् । विश्वभरमा यसका १ सय २३ प्रजाती पाइएको छ । नेपालको रुद्राक्ष बिभिन्न प्रकारको रोगमा समेत प्रयोग गरेको पाईएको छ ।

यसको व्यापार विश्वव्यापी बन्दै जान थालेपछि किसानको महत्वपूर्ण आम्दानीको स्रोतसमेत बन्दै आएको छ । यद्यपि रुद्राक्ष कारोबार व्यवस्थित नभएको जनगुनासो प्रसस्तै सुन्न पाइन्छ । रुद्राक्षको कारोबारलाई व्यवस्थित गर्ने तयारी भएको इलाका प्रशासन कार्यालय दिंलाका प्रमुख गणेशविक्रम बस्नेत बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको