Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीको मागपछि एनसीसी बैंकले घटायो प्रस्तावित बैठक भत्ता

अर्थ संसार

शुक्रबार, १७ माघ २०७६, १५ : १३ मा प्रकाशित

शेयरधनीको मागपछि एनसीसी बैंकले घटायो प्रस्तावित बैठक भत्ता

अर्थ संसार, काठमाडौं–  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संचालक समितिको बैठक भत्तामा भारी बृद्धि गरेको छ ।  शुक्रबार त्रिभुवन  आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारणसभाले  संचालक समितिको अध्यक्षको बैठक भत्तामा ४४.४ प्रतिशत र सदस्यमा ४० प्रतिशत बृद्धि गरेको हो ।

साधारणसभामा बैंकको तीन महले प्रस्तावमा हालको संचालक समितिको अध्यक्ष प्रति बैठक भत्ता ८ हजारबाट १८ हजार र अन्य सदस्यहरुको प्रति बैठक भत्ता ६ हजारबाट १५ हजार पुर्याइएको छ ।

बैंकले तीन महलेमा संचालक समितिको बैठक भत्तामा अध्यक्षलाई प्रति बैठक ८ हजारबाट २० हजार र सदस्यहरुलाई ६ हजारबाट १६ हजारको प्रस्ताव अघि सारेको थियो ।

एनसीसी बैंककाे २२औं साधारण सभा भव्य र सव्य रूपमा सम्पन्न 

तर, साधारणसभा शेयरधनीले प्रस्ताव गरेको बैठक भत्तामा असहमति जनाएका थिए । साधारणसभामा शेयरधनीले संचालकको अध्यक्षको बैठक भत्ता ८ हजारबाट १८ र सदस्यलाई ६ हजारबाट १५ हजार रुपैयाँ पुर्याउने माग गरेका थिए । सोही बमोजिम संचालक समितिको अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संचालक समितिको बैठक भत्ता अध्यक्षलाई १८ र र सदस्यलाई १५ हजार दिने घोषणा गरेका थिए ।

त्यसै गरी दैनिक  संचालक समितिका सदस्यहरु आफ्नो बैंकको  शाखा कार्यालय एवं परियोजनाको अवलोक  तथा निरीक्षण गर्नु पर्दा प्रति दैनिक भत्ता २ हजारबाट ७ हजार रुपैयाँ दिइने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको