Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सीको खरिदमा विशेष छुट

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १० : ०२ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सीको खरिदमा विशेष छुट

अर्थ संसार, काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS र QR मा प्रयोग गरि Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम रू. ३,०००/ सम्म छुट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गर्नुभयो । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहक महानुभावहरूले अधिकतम लाभ लिन सक्नेछन् । 

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरूप बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरूबाट १% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरू, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्नुहुनेछ जुन बैंकले आफ्नो Website मा अध्यावधिक गरि राखेको छ । 

विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरूबाट POS तथा १२,००० भन्दा बढि स्थानहरूबाट QR सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिव २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको