Like us!
Follow us!
Connect us!
Watch us!

स्वयम्भूको भगवान्पाउमा अपहरणकारीबीच गोली हानाहान

शनिबार, २१ फागुन २०७३, १८ : २८ मा प्रकाशित

स्वयम्भूको भगवान्पाउमा अपहरणकारीबीच गोली हानाहान

काठमाडौँ-स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच आज गोली हानाहान भएको छ । 

सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 

सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग रु छ लाख ५० हजार फिरौती रकम माग गरेको थियो । 

अमात्यले भन्नुभयो– “गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी रु छ लाख ५० हजार फिरौती मागेका थिए ।” 

सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । 

प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिनुभयो । 

अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । 

अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सो क्रममा भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको