Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लगानी डुबेपछि विनय लामिछाने परिवारसहित त्रिशूली नदीमा हाम्फाले, श्रमीतको मृत्यु, २ छोरा बेपत्ता

अर्थ संसार

शुक्रबार, ०३ माघ २०७६, २० : ५९ मा प्रकाशित

शेयर बजारमा लगानी डुबेपछि विनय लामिछाने परिवारसहित त्रिशूली नदीमा हाम्फाले,  श्रमीतको मृत्यु, २ छोरा बेपत्ता

अर्थ संसार, धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गरेका चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी डुबेपछि बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ ।

साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि  विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ । 

 हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए ।  उहाँकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

 चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि आत्महत्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।
 
जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भातखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

टेलिकमको साधारणसभामा शेयरधनीको ‘शान्ति स्वस्ती’ (भिडियोसहति) 

 विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब रु एक करोड ५० लाख ऋण लिएको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।-रासस

5e21d8a4c7f0d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको