Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस– उपाध्यक्ष ढकाल

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, १७ : १२ मा प्रकाशित

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस– उपाध्यक्ष ढकाल

अर्थ संसार, काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग सल्लाह र परामर्श गरेर निर्माण गर्न सकियो भने यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने र यसले देशमा व्यावसायिक विकासका लागि पनि ठूलो सहयोग पुर्याउने बताएका छन् ।

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनपछि तीन तहको सरकार विद्यमान रहेको उल्लेख गर्दै ढकालले भने – यी तीनै तहका सरकारहरुले निजी क्षेत्रसँग सम्बन्धित नयाँ नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँग समन्वय गर्न सकिएमा यसले सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ, राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्ने छ । 

उनले भने – सरोकारवालाहरुको सामान्य परामर्श मात्र लिने काम भयो भने पनि यसले उनीहरुका व्यावसायिक अप्ठेराहरु सुल्झाउन सहयोग नै गर्नेछ र आफ्नो परामर्शमा निर्माण भएका यस्ता नियमहरुको कार्यान्वयन गर्न वास्तवमा व्यावसायीहरु आफै पनि लाग्नेछन् । 

नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभालाई आज भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालमा राजनीतिक परिवर्तनपछिको हालको समयमा सबै नेपालीले चाहेको विषय भनेको आर्थिक समृद्धि नै हो र त्यसका लागि आवश्यक पहिलो खुड्किलो भनेको पूर्वाधार निर्माण हो – ढकालले बताए । 

पूर्वाधार निर्माणका लागि महत्वपूर्ण पक्ष भनेको देशका निर्माण व्यवसायीहरु हुन् भन्दै उहाँले देश निर्माणका निमित्त निर्माण व्यावसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका छन् ।

सरकारी निकायहरु तथा विगतदेखि कार्यान्वयनमा रहेका नियमहरुका कारण कतिपय अवस्थामा निर्माण व्यावसायीहरुलाई पनि असहज बनाएको अवस्था पनि विद्यमान रहेकोतर्फ सरोकारवाला निकायले सोच्नुपर्नेमा उनले जोड दिए । 

उनको भनाई थियो– जस्तै भनौँ न निर्माण क्षेत्रमा रुख काट्ने काम होस् या इआइएकै होस् अथवा सामान्य रुपमा भन्दा एउटा विजुलीका पोल सार्ने जस्तो सानो काम नै किन नहोस् यसले पनि उहाँहरुलाई अप्ठेरो पारेको देखिन्छ र यस्ता सानातिना झमेलाहरुले पछि गएर समयमा काम नसक्ने अवस्थाको सिर्जना गरेको हुन्छ । 

यसरी निर्माण व्यावसायीहरुले मात्र समयमा काम नसकेको दोष उहाँहरुलाई लाग्ने गरेको छ तर पनि यस्ता प्रक्रियागत कारणहरुले उहाँहरुलाई ढिला गराइरहेको गुनासाहरु सुन्ने गरिएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ– उनले बताए । 

उपाध्यक्ष ढकालले कार्यक्रमका प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको ध्यानाकर्षण गराउँदै भने –  यस संघ नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघको एक सक्रिय सदस्यका हैसियतले म उपप्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु कि काम थाल्नुअघिका जतिपनि प्रक्रियागत कुराहरु छन् ती सबै निर्माणमैत्री बनाउन राज्यको ध्यान पुगोस् । 
उपाध्यक्ष ढकालले नेपालका निर्माण व्यावसायीहरुको व्यावसायिक हक हितको संरक्षण र सम्बद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सदा नेपाल निर्माण व्यावसायी महासंघको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
 
       

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको