Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष २०२०

सोमबार, ०६ माघ २०७६, ०८ : २३ मा प्रकाशित

पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष २०२०

मुलुकको अर्थतन्त्रमा कृषि तथा जलश्रोत पछि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण हुन सक्ने संभावना बढ्दै गई रहेको छ । पर्यटन व्यवसाय विश्व भरी प्रतिस्पर्धात्मक बन्दै गई रहेको स्थितिमा नेपालले पनि पर्यटनको प्रचुर संभावनालाई उपयोग गरी पर्यटन क्षेत्रको प्रवर्धन र विकास गर्ने उद्देश्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानको घोषणा गरी नेपाल सरकारले भ्रमण गर्न आउने पर्यटनहरुलाई लक्षित गरेर नीति तथा कार्यक्रमहरु तय गरी विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

यस्तै प्रदेश र स्थानीयतहका सरकारहरुले पनि भ्रमण वर्षको तयारीका लागि विविध कार्यक्रम संचालन गरिरहेको विषय सार्वजनिक भएको छ ।

नेपाल विविध प्राकृतिक श्रोत साधन र हराभराले भरिपूर्ण देशको रुपमा परिचित छ । नेपाल पर्यटकीय हिसाबले पौराणिक काल देखि नै अत्यन्तै रमणीय र मनोरम देशको रुपमा विश्वभर परिचित हुँदै आएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, हरियाली डाँडा काँडा, विश्वमा शान्तीको सन्देश फैलाउने बुद्धको जन्मस्थल, सयौं मठमन्दिर र हिन्दुहरुको बाहुल्य भएको देश आदि अनेक विशेषताले परिपूर्ण देश, नेपालको विश्व पर्यटन बजारमा विशिष्ट स्थान रहेको छ । हिमाल, पहाड, तराई, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, तालतलैया लगायतका धार्मिक, साँस्कृतिक लगायत विविध सम्पदाले भरिपूर्ण नेपाल प्रकृति, संस्कृति र साहसको संयोजन भएको देश हुने ।

पर्वतारोहण, पदयात्रा र धार्मिक पर्यटनमा यसरी पर्यटकीय हिसाबले आकर्षण देश भएको हुनाले नै नेपालमा हरेक वर्ष पर्यटकहरुको आगमनमा वृद्धि हुदै गएको छ । वि.स. २०५० मा ३ लाख २७हजार पर्यटकहरु नेपाल भ्रमण गर्न आएकाथिए भने २०६० सम्म आईपुग्दा ३ लाख ३८ हजार, २०७० मा ७लाख ९७हजार थिए भने गर्त वर्ष २०७५ पौष सम्म ११ लाख७३ हजार पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७५ मा प्रकाशित गरेको तथ्याङ्क मा उल्लेख छ । यसरी पर्यटनहरुको आगमनमा गत ३ वर्षमा मात्रै औषत २९ प्रतिशतले वृद्धि भएको पाइन्छ । नेपाल आउने पर्यटक मध्ये ९ लाख ६९ हजार जना हवाई मार्गबाट तथा २ लाख ३ हजार पर्यटक स्थलमार्गबाट आएको पाईन्छ ।

यसरी नेपाल भ्रमण आउने पर्यटकहरुको औषत बसाई अवधि १२.४ दिन रहेको छ । नेपाल आउने पर्यटक मध्ये छिमेकी देश भारतबाट सबै भन्दा बढी र दोस्रोमा चिनबाट तेश्रोमा, अमेरिका ,चौथोमा श्रीलका, पाँचौमा– वेलायत, छैठौंमा– म्यानमार, सातौँमा अष्ट्रेलिया, आठौँमा दक्षिण कोरीयाबाट पर्यटकहरु आउने गरेको पाईन्छ । यूरोपियन मुलुकमध्ये सबै भन्दा बढी जर्मनी, दोश्रोमा फ्रान्स तेश्रोमा इटाली, चौथोमा स्पेनबाट बढी पर्यटकहरु आउने गरेका छन ।

यसरी नेपालमा आउने पर्यटकहरुका माध्यम पर्यटक क्षेत्रमाभएको आर्थिक गतिविधिका कारण विदेशीमुद्रापनि यथेष्ट ठंगले आर्जन भई रहेको छ । पर्यटन क्षेत्रबाट आ.ब २०७२/०७३ मा रु. ४१७६ करोड, २०७३/७४ मा ५८५२ करोड, २०७४/७५ मा ६७०९ करोड विदेशीमुद्रा आर्जन भएको छ । यो पर्यटन क्षेत्रको विदेशीमुद्राको गाहस्र्थ उत्पादनमा २.२ प्रतिशत र कुल विदेशीमुद्रा आर्जनमा ५ प्रतिशतले योगदान रहेको छ ।

राजनीतिक हिसाबले पनि नेपाल पर्यटकहरुका लागिआकर्षणयुक्त बन्नपुगेको छ । १० वर्ष लामो शसस्त्र संघर्ष र शान्तीपूर्ण आन्दोलनको संयोजनबाट निरङकुश राजतन्त्रको अन्त्यभई संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना, समकालीन विश्वमा जारी भएको संविधानमध्ये प्रगतिशिल, समावेशी, लोकतान्त्रीक एवं समाजवाद उन्मुख संविधानको निर्माणले नेपालप्रति विश्वको ध्यानाकर्षण भएको छ । यस अर्थमा पनि नेपालको लोकतान्त्रीक आन्दोलनको बारेमा अध्ययन, अनुसन्धान गर्ने सबैको लागि नेपाल आकर्षणको केन्द्र बन्न पुगेको छ ।

यसरी  राजनीति,प्रकृति, संस्कृति र साहसको संयोजनको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र साहसिक, धार्मिक, जातिय र साँस्कृतिक मनोरञ्जन, सद्भावना खेलकुद, पर्वतारोहणका लागि परिचित रहेका कारण पर्यटकहरु नेपालआउने गरेका छन । नेपालमा पर्वता रोहण, पद्यात्रा र धार्मिक पर्यटनमा बढी पर्यटकहरु आउने गरेको हुँदा, यस क्षेत्रमा व्यापक रुपमा भौतिक पूर्वाधारको विकास गरेर पर्यटकीय बस्तुको रुपमा विकास गर्न सकिन्छ ।

छिमेकी देश भारत र चिनको गरि झण्डै दुई अर्व पचास करोड विशाल जनसंख्या रहेको छ । चिन, श्रीलंका,म्यानमार बाट बौद्ध धर्मावलम्बीहरु नेपालमा धार्मिक पर्यटनका लागिआउने गरेका छन । यि देशलगायतहिन्दुहरुको बाहुल्य रहेको अमेरिका, मरिसस बाट पनिधार्मिक हिसाबले नेपाल भ्रमण गर्न पर्यटकहरु रुचाउदछन । बुद्धको जन्म स्थल लुम्बीनी, पशुपतिनाथ मन्दीर,मुक्तिनाथ, रुरु क्षेत्र, जनकपुर धाम,हलेसी,पाथीभरा जस्ता धार्मिक पर्यटनको पूर्वाधारमा अझ नयाँउचाईमा साथ विकास गर्न सकियो भने यि देशबाट कुल जनसंख्याको एक प्रतिशतमात्र जनसंख्यालाई आकर्षित गर्न सकियो भने झण्डै ३५/४०लाख पर्यटकहरु आउन सक्ने देखिन्छ ।

यसै भएर सरकारले पर्यटन क्षेत्रको प्रवर्धन गर्न राष्ट्रिय अभियानको रुपमा सन १९९८ र सन २०११ मा नेपाल भ्रमण वर्षको आयोजना गरेको थियो । यसैको निरन्तरता कै रुपमा सन २०२० लाई पनि नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानको रुपमा घोषणा गरेको छ । यसरी राष्ट्रिय अभियानको घोषणा गरेको २ दशकविचमाअहिले सम्म आईपुग्दा झण्डै तेब्बरको संख्यामा पर्यटकहरु नेपाल भ्रमणमा आएको तथ्यले पनि पर्यटन क्षेत्रमाउ त्साह बढेको पाईन्छ ।

पर्यटन क्षेत्रमा जसरी संख्यात्मकरुपमा पर्यटकहरुको नेपाल भ्रमणमा वृद्धि भएको छ, त्यसरी नै पर्यटकहरुलाई गुणात्मक रुपमा सेवा र सुविधाप्रदान गर्न सकिएको छ छैन ? पर्यटकहरुको नेपाल भ्रमणले अर्थतन्त्रमा कस्तो योगदान पुगेको छ ? पर्यटकलाई आकर्षिक गर्न खास गरि विदेशी कुटनीतिक नियोगहरुबाट प्रभावकारी ढंगले पर्यटन क्षेत्रको प्रचारको काम भईरहेको छ छैन? पर्यटनको विकासकालागि भौतिक पूर्वाधारको विकासको अवस्था कस्तो रहेको छ ? पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको उपलब्धता, पर्याप्तता, पेशाविदताको स्थिति के रहे्को छ ? आदि पक्षकाबारेमा विस्तृत ढंगले अध्ययन अनुसन्धान गरेर तदनुसार नीतिबनाई कार्यान्वयन गर्न जरुरी छ ।

नेपालआउने पर्यटकहरु सरदर १२ दिन व्यतित गरेको तथ्याङ्कले बताएपनि उनीहरुबाट गरिने सरदर खर्च ४० डलर मात्र रहेको छ । तर अगाडीका वर्षहरुमा ५०/६० डलर सम्म खर्च गर्ने गरेका थिए । खर्चमा आएको गिरावट र बसाई अवधिको दिनपनि बढ्न नसकेको स्थितिलाई हेर्दा  नेपालआउनेपर्यटकहरु मध्ये  निम्नबर्गका बढी तर मध्यमवाउ च्च आयभएका पर्यटकहरुको  आगमन न्यून रहेको देखिन्छ ।

नेपाल आउने पर्यटकहरुको बसाई लम्ब्याउन मनोरञ्जनात्मक खेल, नेपालको संस्कृति झल्कने चलचित्र, विर गोरखालीको इतिहास, नेपालको प्रजान्त्रिकआन्दोलन, विषयमा चलचित्रहरुको प्रदेर्शनी, नारायणी, कोशिनदीमा जलविहार यात्रा, साँस्कृतिक नृत्य,जस्ता नयाँ वस्तु तथा सेवाले पर्यटकहरुको बसाई अवधी लम्बयाउन सकिन्छ । नेपाल उत्कृष्ठ पर्यटकीय गन्तव्य मुलुक हो भन्ने सन्देश अझै पनि विश्वापी रुपमा पर्याउन सकिएको छैन । पर्यटन क्षेत्रको विकास र प्रवर्धन गर्न गठन गरिएको पर्यटन बोर्डले पनिउत्साह पूर्वक काम गर्न सकेको पाईदैन । यस्तै कुटनीतिक नियोगहरुलाई पनि निकासी व्यापार प्रवर्धन ,लगानी बृद्धि र नेपालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने गरि परिचालन गर्न आवश्यक छ । कुटनीतिक नियोगहरु मार्फत सम्बन्धित देशहरुमा नियमित रुपमाप्रचार प्रसारका ,पर्यटकीय बस्तुहरुको प्रर्दशनीका साथै अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गरी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न लालयित बनाउने गरी कार्य गर्नु पर्दछ ।

कुटनीतिक नियोगहरुलाई अवमुलत : यि नै कार्यमा प्रभावकारी रुपमा परिचालन गर्नुपर्दछ । यसका लागि कुटनीतिक मामलाका साथै आर्थिक क्षेत्रमा दखल राखेका विज्ञहरु लाई परिभाषित काम र जिम्मेवारी दिएर नियुक्ती गर्नु पर्दछ । र आर्थिक कुटनीतिको माध्यबाट नेपालको निर्यात व्यापार, वैदेशिक लगानी र पर्यटकहरुको आगमनमा वृद्धि गर्न कुटनीतिक नियोगहरुको क्षमतामा विकास र विस्तार गर्नतदनुरुप बजेटको यथेष्ठ ब्यबस्था गर्नुपर्दछ । यसै गरि विश्वमा नेपालीहरु संगठीत रहेको गैह आवासीय नेपालीहरुको संगठनलाई पनि व्यापार, लगानी र पर्यटन प्रवर्धनमा परिचालन गर्न जरुरी छ।त्यसकालागि नीति, कार्यक्रम र तदनुरुप बजेट विनियोजन गर्नु पर्दछ । नेपाल आउने पर्यटक मध्ये ८३ प्रतिशतहवाई मार्गबाट र १७प्रतिशत स्थलमार्गबाट आउने गरेको पाईएको छ । यसरी हेर्दा नेपालको हवाई यालयातको विकास र विस्तारलाई तीव्रताप्रदान गर्न जरुरी भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तियएवं व्यवस्थाकीय रुपमा शीघ्र सुदृढीकरण गरेर अमेरिका, युरोप, तथा मध्यपूर्वका देशहरु, अष्ट्रेलिया, श्रीलंका,चीन र भारतका विभिन्नशहर सम्म सोझै हवाई सेवाविस्तार गर्ने र देशभित्रका मुख्य शहरहरुको विमान स्थलको स्तरोन्नती गरी अन्र्तराष्ट्रिय विमान स्थलको रुपमा विकास गर्ने, नीजगढ अन्तरष्ट्रिय विमान स्थलको योजनाको प्रभावकारीताका बारेमा विस्तृत अध्ययन गरी कामलाई अगाडी बढाउन, पर्यटकहरु नेपालआउदा, विमानस्थलमा ठोस योजनाबनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्दामात्र हवाईमार्गबाट आउने पर्यटकहरुले सहज र सुलभ ढंगले सेवाप्राप्त गर्न सक्ने स्थिति हुन्छ ।

उनीहरुलाई मन छुने गरी पुर्याइने सेवाले नै गुणस्तीय सेवा उपलब्ध हुन सक्छ, खास गरी पर्यटकहरु आउदा भिसा शुल्कमा न्यूनीकरण, भीसामा छाप लगाउन सरलीकरण, छिटो छरितो जाँचपास सेवा र झोला लगेजहरुको सुरक्षित तवरले शीध्र डे्लीभरी गर्ने व्यवस्था, विमानस्थलमा शौचालय, बाथरुमहरुको नियमित सफा सुग्धर  र स्तरोन्नती, तथा काठमाण्डौं उपत्यका बाहिर मुख्यमुख्य शहरहरुको सडकको स्तरोन्न्नती, धुलो धुवाँ बाट मुक्तशहर, बाटोको दाँयाबायाँ वृक्षरोपण गरी हरीयाली बनाउन सकियो भने पर्यटकहरु शुरुमै आकर्षित हुनछन ।

नेपालआउने पर्यटकहरुलाई स्वागत र नेपालबसाई सुखद रहोसभने ठुलठुला होर्डीङ बोर्डहरुको  सडकका दांयाबांया झुण्डाउदा स्वभाविक रुपमा पर्यटकहरुलाई मन  छुने गर्दछ । नेपाल आउने पर्यटक मध्ये पदयात्रापनि रुची राख्ने पर्यटकहरु पनि धेरै रहेको पाईन्छ । खास गरि पुर्वको कंचनजंगाआधार देखीअन्नपूर्व आधार शिविर, मुक्तीनाथ, घोरपाटन, धान्द्रुक, सुदुर परिश्चमको खप्तड क्षेत्र पदयात्राका लागि आकर्षक क्षेत्र हुन।पदयात्रा गर्ने ठाउँहरुको बाटोको स्तरोन्नती, सफा सुग्घर, सुरक्षा, संचार, होटेल, स्टेहोमको सुप्रबन्ध,  र ठांउ ठांउमा मौसमको पूर्व जानकारी सके ढुक्क भएर पदयात्रागर्दछन ।

हिमश्रृंखलाको आरोहण गर्न पर्वता रोहीहरुलाई सहयोग गर्न सरकारी तहबाट उपलब्ध गराईने लियाजो अफिसरहरु पर्यटन विषयमा अनुभवी र विज्ञहुन आवश्यक छ । अहिले जस्तो आधार शिविर सम्म नै नपुगी काठमाण्डौ नै वसेर आर्थिक सुविधालिने भ्रष्ट प्रबृतिलाई अन्त्य गर्नु पर्दछ । पर्यटन विभागमा तहत स्थायीतवरले नै बिज्ञको रुपमा लियाजो अफिसरहरुको व्यवस्था गरी गुणस्तरीय सेवाप्रदान गर्ने नीति अवलम्बन गर्नु पर्दछ।अत : अतिथि देखीभव : को मुलमन्त्रका साथ पर्यटकहरुलाई साँच्चिकै पाहुना कै रुपमा व्यवहार गर्ने सक्दा नेपाल आउने पर्यटकहरु फर्किएर आफ्नो देशमागएपनि चीरकाल सम्म आतिथ्यता र सत्कारलाई विर्सन सक्तैन । र यो नै गुणस्तीय सेवा हो । तर क्षणिक लाभका लागि नेपाल आउने पर्यटकहरुलाई ठग्ने, हेप्ने, होच्याउने, नेपाल आउदा प्रशासनिक काममा उनीहरुले झन्टझट र हैरानी व्यहोर्नु, भ्रमण अवधीमा कुनै घटना घटदा तत्काल उद्धार नहुने हो भने, यसको सन्देश राम्रो जादैन । तसर्थ पर्यटक सम्बद्ध सबै निकाय र सरोकारवालाहरुमा बीचमा सद्भाव सदाचार आतिथ्यताको भावनाका साथ पर्यटकहरु संग व्यवहार गर्न खास गरि सरकारी स्तरबाट नै सचेतनता अभियान संचालन गर्न जरुरी हुन्छ ।
 ।
पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न हालको नेपाल पर्यटन तथाहोटल व्यवस्थापन प्रतिष्ठानलाई पर्यटन विषयमा अध्ययन अनुसन्धान गर्ने र उच्चतहको शिक्षा हासिल गर्ने विश्वविद्यालयको रुपमा विकास र विस्तार गर्नु पर्दछ । पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्षलाई केवल तत्कालको लक्ष्य पुरा गर्ने, आय आर्जन गर्नेमा ध्यानमात्र सिमित राखेर हेरीनु हुदैन ।

पर्व तारोहणको क्षत्रे नेपाल आकर्षक र उत्कृष्ठ मुलुकको रुपमा छ । हाल सालै मलेशीयामा गरिएको घोषणामा नेपालले नै एसियाली मुलुकमा उत्कृष्ठ पर्वतारोहणको देशको रुपमा अवार्ड पाएको छ । यसले गर्दा पनि पर्व तारोहरणका लागि नेपाल आउने पर्यटनहरुमा आगमीदिनमा वृद्धि हुने देखिन्छ । तर सगरमाथा लगायतका हिमश्रृंखलामा रहेको फोहोर चर्को आरोहण शुल्क,आरोहीहरुको ट्राफिक जाम, घाइते तथाआरोही मृत्यु भएकाहरुको तत्काल उद्धारको कार्यलाई व्यवस्थित गर्ने कार्य अझै चूनौती पूर्ण छ ।

काठमाण्डौ उपत्यकामा रहेको धार्मिक, मठ मन्दिर र सम्पदाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । तर २०७२ को भुकम्पबाटक्षति गस्त बनेका सम्पदाहरुको अझै पनि पुर्ननिर्माण भई सकेको छैन । पुर्ननिर्माणको कार्यलाई युद्ध स्तरमा संचालन गर्न सक्दा काठमाण्डौं उपत्यकामा मठ मन्दिर र नवनिर्मित सम्पदा पर्यटकहरुमा लागिआकर्षण बन्न सक्छन ।
नेपालको पर्यटन विकास भनेको केवलविदेशी पर्यटकहरु को नेपाल भ्रमण आएर मात्र हुन्छ भन्नेभ्रम र नेपालीहरु चाँहि पर्यटक होइननभन्ने भ्रमले पनिआन्तरिक पर्यटन फस्टाउन सकेको छैन ।

अहिले देशभरका सहकारीमा आवद्ध सदस्यहरु मिलेर समूहबनाई आन्तरिक पर्यटनमा जाने अभियान शुरु भएको छ । यो आन्तरिक पर्यटनका लागि सकारात्मक अभियान हो । यस्तै विद्यालय तथा कलेज बाट पनि शैक्षिक भ्रमण गराउने प्रचलन बढेको छ । तर काठमाण्डौं उपत्यकामा बसोबास गर्ने मानिस जो आर्थिक हिसावले सुसम्पन्न छन, तर  काठमाण्डौंको अव्यवस्थित शहर, फोहार, धुलोबाट आकान्तभएर बसोबास गरिरहेका छन ।उनीहरु मध्ये लाखौको संख्यामा काठमाडौं उपत्यका बाहिर एक पटक पनि भ्रमणमा गएका छैनन।

काठमाडौं उपत्यका हरेक टोल बस्तीका क्लब, गुठी र सहकारी संस्थाहरुका माध्यबाट काठमाण्डौं बासीहरुलाई उपत्यका बाहिर तथा उपत्यकाबाहिर बाट पनि यसै गरी देशको राजधानी हेर्नका लागिआन्तरिक पर्यटनका लागि  पे्ररित गर्न जरुरी छ ।यसकालागि स्थानीयतहका सरकारहरुबाट योजनाबनाउने हो भने लाखौमानिस आन्तरिक पर्यटनमा जाने स्थिति हुन्छ । यस्तै सरकारी तहमापनि राष्ट्रसेवककर्मचारीहरुलाई आन्तरिक पर्यटकका लागि समुह समुहबनाई वर्षको एक पटक अनिबार्यआन्तरिक पर्यटनमा जानै पर्ने र सो को प्रतिबेदन  बझाउने गरिविदा र आर्थिक सहुलियत प्रदान गर्ने व्यवस्था गर्नु पर्दछ । यस्तै उद्योगी, व्यवसायी, पेशागत संगठन/ ट्रेडयूनियनहरुका भेला, बैठक, अधिवेशनपनि ठाउँ परिवर्तन गरी मुख्यमुख्य पर्यटकीय क्षेत्रमा गर्न गराउन अपील गर्नु पर्दछ ।

पर्यटन क्षेत्रको विकासलाई केवल तत्कालआय आर्जन गर्ने मात्रै होइन यसका माध्यमबाट विश्व भरका मुलुकहरु बीच नागरिक स्तर हुँदै देश गत हिसाबले पनि दौत्य सम्बन्ध प्रगाढ बनाउन मद्दत पुर्याउने हिसाबले योजना र कामलाई अगाडी बढाउनु पर्दछ ।

अत : यसलाई एकिकृत सोंच, दृष्टिकोणका साथबाहय एबं आन्तरिक पर्यटनकोप्रवर्धन गर्ने, दृष्टिकोणका  साथ पर्यटन क्षेत्रको विकासलाई अगाडी बढाउनु पर्दछ । पर्यटन क्षेत्रको विकास केवल  संघीय सरकारको मात्रै दायित्वहोइन, यसमाप्रदेश तथा स्थानिय सरकार, सबै राजनीतिक दल, व्यवसायिक संघ संस्थाहरु, सहकारी संस्थाका समुहहरु, क्लबहरु, शैक्षिक संस्थाहरु, पेशागत संगठन ,ट्रेड युनियनहरु लगायत कुटनैतिक नियोग, एनआरएनए जस्ता संघ संगठनहरुको सहभागीता गराएर पर्यटन क्षेत्रको एकिकृत तवरले विकास गर्नु पर्दछ । 

पर्यटन क्षेत्रको विकास लाई केवल भ्रमण वर्षको  रुपमामात्र सिमित राख्नु हुन्न । यसलाई निरन्तर राष्ट्रिय अभियानको रुपमा मुलुकको दिगो आर्थिक विकास गर्ने, रोजगारी वृद्धि गर्ने, समृद्धि हासिल गर्ने,विदेशी मुद्राआर्जनको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न उच्च प्राथमिकता दिनु पर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको