Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकले धमाधम लाभांश दिँदै, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, १५ : ०५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले धमाधम लाभांश दिँदै, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश  जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

त्यसैगरी, बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थका लागि बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो । त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूलाई लाभांश वितरण गरिएको छ ।

त्यस्तै, बैंकले हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक  गराउन आग्रह गरेकाे छ ।

बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको