Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, १२ : ५३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंककाे वार्षिक साधारण सभा आह्वान गरेको छ । हिजाे (बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे १३ औं वार्षिक साधारण सभा ताेकेकाे हाे । उक्त सभा माघ २४ गते शुक्रबार दरबारमार्गस्थित बैंककाे सभाहलमा अपरान्ह २ बजे शुरू हुनेछ ।

यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४८४ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा बैंककाे प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e215d852e230.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको