Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको FPO नतिजा सार्वजनिक,कसलाई कति पर्यो यहाँबाट हेर्नुहोस् [नतिजासहित]

शुक्रबार, २० फागुन २०७३, १५ : २८ मा प्रकाशित

नेपाल लाइफ  इन्स्योरेन्सको FPO नतिजा सार्वजनिक,कसलाई कति पर्यो यहाँबाट हेर्नुहोस् [नतिजासहित]


अर्थ संसार 
काठाडमौं– बिक्री सिद्धार्थ क्यापिटलले शुक्रबार नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ  बाँडफाड गरेको छ । 

चिठ्ठा प्रथा
बाँडफाँड मोडल अनुसार १० कित्तादेखि १६० कित्तासम्म माग गरेका आवेदकलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ  ।

४० कित्ता माग गर्ने मध्ये  ८३६ जनाले, ५० कित्ता माग गर्ने मध्ये २३ सय ४६ जनाले, ६० कित्ता माग गर्ने मध्ये ५५४ जनाले, ७० कित्ता माग गर्ने मध्ये १२ सय ४५ जनाले, ८० कित्ता माग गर्ने मध्ये   ५१४ जनाले, ९० कित्ता माग गर्ने मध्ये १७० जनाले, १० कित्ता माग गर्ने मध्ये  चार हजार ८० जनाले, ११० कित्ता माग गर्ने मध्ये ९५७ जनाले, १३० कित्ता माग गर्ने मध्ये २९६ जनाले, १४० कित्ता माग गर्ने मध्ये ९१८ जनाले, १५० कित्ता माग गर्ने मध्ये १२ सय १६ जनाले र १६० कित्ता माग गर्ने मध्ये ३४७ जनाले सेयर पाएका छन । 

त्यस्तै १७० कित्तादेखि १८० कित्तासम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका छन् भने १९० देखि २१० कित्तासम्मको लागि आवेदन दिएकाले सबैले ११ कित्ताका दरले सेयर पाएका छन् ।

सबैभन्दा धेरै अर्थात ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ हजार ४१ कित्ता पाएका छन् । यस अनुसार कुल एक लाख ६५ हजार पाँच सय ६४ जनाले सेयर पाएका छन् ।  

आवेदन रद्द
कुल दुई लाख ५५ हजार २१५ जना आवेदक रहेकामा १६२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको