Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा भैरहेको सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड, ६ महिनाको वारेन्टी, २५ प्रतिशतसम्म छुट

अर्थ संसार

बुधबार, ०१ माघ २०७६, २१ : २६ मा प्रकाशित

भृकुटीमण्डपमा भैरहेको सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको भिड, ६ महिनाको वारेन्टी, २५ प्रतिशतसम्म छुट

अर्थ संसार, काठमाडौं - “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी   भैरहेको छ ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भएको प्रदर्शनीमा नेपालका चर्चित ब्राण्डहरु जुत्ताचप्पल भारी छुटमा पाइने भएपछि ग्राहकको भीड लागेको हो  ।

प्रदर्शनीमा १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । प्रदर्शनीमा शुभ बिबाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, अपाङ्गगता भएकाहरुका लागि  कृतिम हात खुट्टा र सबै प्रकारका जुत्ताचप्पल छन् ।

प्रदर्शनीमा राखिएको जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी र २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोक्काले बताए ।

पुष २८ गतेदेखि सुरु भएको प्रदर्शनी माघ ४ गतेसम्म चल्नेछ । प्रदर्शनीको प्रायोजकमा सगुन शुज र ग्लोबल शुज रहेका छन् । त्यसै गरी सह प्रायोजकमा सिटीजन फुटवेयर, युनीभर्सल फुटवेयर र कम्र्फट शुज रहेको छ ।
रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको