Like us!
Follow us!
Connect us!
Watch us!

जाडाेमा मेगा बैंकबाट न्यानो कपडा वितरण

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, १२ : ४४ मा प्रकाशित

जाडाेमा मेगा बैंकबाट न्यानो कपडा वितरण

अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

यसैगरी, बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ । 

यस्तै, गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई  ब्ल्याङ्केट वितरण गरेको थियो । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरूको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको