Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतले झुक्कायो शेयरधनीलाई, कोरम नपुगेको भन्दै सभा स्थगित,आक्रोशितले गरे तोडफोड (भिडियो)

मिलन खड्का

सोमबार, २८ पुस २०७६, २० : २० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आज बोलाएको ११ औ र १२ औ साधारण सभा शेयरधनीको कोरम नपुगेको भन्दै स्थागित भएको छ।  

कम्पनीले नक्साल बेङ्गकेवटमा बिहान ११ बजे सभा बाकेको थियो। तर, सभा १ बजेसम्म पनि सुरु हुन नसकेपछि उपस्थित शेयरधनीहरु अक्रोस्थित हुदैँ नाराबाजी र केहि हुल शेयरधनी तोडफोडमा उत्रिए ।  केहि समय तनाबको स्थितीपछि कम्पनी सचिवले सभाको लागि चाहिने उपस्थिति पुराउन नसकेको सूचना सभालाई दिदै सभा स्थगित भएको जानकारी गराए।

सभालाई चाहिने उपस्थिति पनि पुराउन नसक्नाले कम्पनीको संचालकहरुको कामकारवाहीमा गम्भीर प्रश्न चिन्न उठेको छ। बजारमा हाइड्रो पावर प्रति सर्वसाधारणको तिब्र बितृष्णा भएको बेला यस्ता घटनाले नेपालको जलविद्युत कम्पनीहरुमा लगानी गर्न खोज्ने लगानीकर्ताहरुलाई फेरि सोच्न बाध्य पारेको छ।           

हेर्नुहोस भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको